काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप २२७ जना संक्रमणमुक्त भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।
बिहीबार देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएसँगै देशभर मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ।