शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रम ओलीको व्यंग्य, 'अरूका गाडी जलाएर, तमासा हेर्न गाडीमा निस्के'

प्रम ओलीको व्यंग्य, 'अरूका गाडी जलाएर, तमासा हेर्न गाडीमा निस्के'

एकजना गाडीमा सवार भएर निस्केको र अर्को बाइकमा बसेर जनताले कति दुःख पाए भनेर हेर्दै हिँडेको भन्दै उनले पुष्पकमल दाहाल र माधवकुमार नेपालमाथि व्यंग्य गरे।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले आमहड्तालका नाममा अरुका गाडी जलाएर त्यही तमासा हेर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल गाडीमा निस्केको टिप्पणी गरेका छन्।

triton college

‘बन्द त खासै भएन जनतालाई दुःख दिनु भो। जनताको तरकारी फालिदिनु भयो। अरुका गाडी जलाउनु भयो,’ अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आफू गाडीमा सवार हुँदै जनताले पाएको दुःखको तमासा हेर्न निस्कनुभयो।’

एकजना गाडीमा सवार भएर निस्केको र अर्को बाइकमा बसेर जनताले कति दुःख पाए भनेर हेर्दै हिँडेको भन्दै उनले पुष्पकमल दाहाल र माधवकुमार नेपालमाथि व्यंग्य गरे।

‘कार्यकर्ता सक्किएछन्। अनि आफैं हामी यहाँ छौं भनेर उभिएका रहेछन्। उभिएको कहाँ भनेको त सातदोबाटोमा उभिएका रहेछन्,’ उनले भने,‘ब्राण्ड नै भयो हामी यहाँ छौं भन्ने। अब त हामी यहाँ छौं भन्ने टाँसेका उनकै कार्यकर्ता हुन् भन्ने बुझे हुन्छ।’

आन्दोलनका नाममा तरकारी सडकमा फाल्ने, गाडी जलाउने लगायतका उपद्रो भएको उनले बताए।

corrent noodles
Metro Mart

‘उहाँहरु आक्रामक रुपले आउनुहुन्छ नियम तोड्न खोज्नुहुन्छ। धाकधम्की देखाउनुहुन्छ। प्रमुख जिल्ला अधिकारी, प्रहरी कोही बाटोमा भेटाएपछि हप्किदप्की गर्न खोज्नुहुन्छ,’  ओलीले भने, ‘म प्रचण्डजी लाई सम्झाउन चाहन्छु, ती दिन गए जतिखेर तपाईं संविधान कानुन मान्दिन भनेर उपद्रो मच्चाएर हिँडनुभएको थियो।’

राजनीति र सरकार ठीक भए मात्रै सबै समस्या समाधान हुने भन्दै उनले किसान महासंघका पदाधिकारी र नेताहरुलाई देशैभर राजनीतिक जागरण फैलाउन आग्रह गरे।

‘कम्युनिष्टकै बर्को ओढेर बाटोमा बसेका व्यक्तिहरु नै कम्युनिष्ट आन्दोलनका विरोधी हुन्,’ उनले भने, ‘एकताको विरोधी, लोकतन्त्रका विरोधीहरुले विगतमा पनि दुःख दिए, पटक पटक आन्दोलनलाई बदनाम र ध्वस्त पारे। कम्युनिष्ट आन्दोलनलाई उपद्रो बनाए।’

प्रकाशित: Feb 04, 2021| 10:38 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।