मंगलबार, वैशाख ४, २०८१

८ अंकले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ८.३४ अंकले बढेको छ। 
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ८.३४ अंकले बढेको छ। 

triton college

बढेको बजार २४७५.२७ विन्दुमा पुगेर रोकिएको हो। आज २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बिहीबार जलविद्युत् समूहको सूचक ३६.८८, उत्पादन ८४, माइक्रोफाइनान्स १४६, निर्जिवन बिमा ७८.७४, अन्य १.७६ र व्यापार समूहको सूचक १३१.६६ अंकले बढेको छ। 

बैंकिङ समूहको सूचक ७.४३, विकास बैंक ६.३०, फाइनान्स १०.९७, होटल २०.६५, जीवन बिमा ६८.३० र सामूहिक लगानीको सूचक ०.०१ अंकले घटेको छ।  

प्रकाशित: Feb 04, 2021| 09:33 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्