काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल साँझ ६ बजे सकिने उक्त समूहका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।
हडताल आफूहरुको बाध्यता भएको भन्दै उनले यसलाई सहज रुपमा बुझिदिन नागरिकहरुलाई आग्रह गरेका छन्।
सरकारले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, भूमि आयोग गठन र संसद् विघटनको विरोधमा दाहाल–नेपाल पक्षले हडताल घोषणा गरेको हो। हडतालका कारण देशभरको जनजीवन प्रभावित भएको छ।