धनगढी– महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ। दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएकोले सचेत रहन प्रशासनले आग्रह गरेको हो।
महाकाली थुनिएकाले जुनसुकै समयमा जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भन्दै महाकाली नदी छेउछाउका बस्तीलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ।
भारतीय पक्षले बाटो बनाउने क्रममा पहिरो खसेपछि महाकाली नदी थुनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।
‘भारतीय पक्षले बाटो बनाइरहेको क्षेत्रमा पहिरो खसेर महाकाली नदी थुनिएको हो,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘अहिले भारतीय पक्षले पहिरो पन्छाउने काम गरिरहेको छ।’