बिहीबार, वैशाख १३, २०८१

अब प्राइभेट फर्म दर्ता प्रदेशबाटै

अब प्राइभेट तथा साझेदारी फर्म दर्ता प्रदेशबाटै हुने भएको छ। 
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– अब प्राइभेट तथा साझेदारी फर्म दर्ता प्रदेशबाटै हुने भएको छ। 

triton college

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संविधानअनुसार तीनै तहमा वाणिज्य प्रशासन सम्बन्धी कार्य जिम्मेवारी बाँडफाँट तथा कार्य जिम्मेवारी हस्तान्तरण गर्दै आयातनिर्यात व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता प्रदेशबाटै हुने जनाएको छ। 

‘वाणिज्य प्रशासन सम्बन्धी कार्य जिममेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना २०७७’ मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ। 

बागमती प्रदेशभित्रका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको काम आगामी फागुन १ गतेदेखि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका जिल्ला घरेलु तथा साना उद्योग कार्यालयबाट सञ्चालन हुनेछ।

विभागले नै गर्दै आएका आयातनिर्यात व्यापार सम्बन्धी फर्म दर्ता भने प्रदेशबाट गर्न पाइने छैन। त्यसका लागि वाणिज्य विभाग नै धाउनुपर्नेछ।

corrent noodles
Metro Mart

आयातनिर्यातबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा पनि प्रदेश कानुन तर्जुमा भएपछि हस्तान्तरण गरिने वाणिज्य विभागले जानकारी दिएको छ।

पहिले नै दर्ता भइसकेका फर्महरुको नवीकरण, संशोधन, खारेजी लगायतका काम सम्बन्धित प्रदेश मन्त्रालयमा हस्तान्तरण नभएसम्म विभागबाटै हुने समेत मंगलबार जारी सूचनामा उल्लेख छ। 

विभागमा दर्ता भई सञ्चालनमा रहेका फर्महरुलाई क्रमशः हस्तान्तरण गरिने समेत विभागले जनाएको छ।
 

प्रकाशित: Feb 02, 2021| 12:22 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्