बुधबार, वैशाख १२, २०८१

कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट स्थापना

कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ। आज कैलालीको कैलारी गाउँपालिका–७, लठ्ठाघाट र टीकापुर नगरपालिका–७, कालाकुण्डामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको हो।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

धनगढी– कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट स्थापना गरिएको छ। आज कैलालीको कैलारी गाउँपालिका–७, लठ्ठाघाट र टीकापुर नगरपालिका–७, कालाकुण्डामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको हो।

triton college

भारतसँग १०१ किलोमिटर खुला सीमानाका रहेको कैलालीमा योसँगै नेपाल बोर्डर आउट पोष्टको संख्या १४ पुगेको छ।

कैलारी गाउँपालिका वडा नम्बर ७ मा स्थापना भएको बोर्डर आउट पोष्टको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र टीकापुर नगरपालिका वडा नम्बर ७ मा स्थापना भएको बोर्डर आउट पोष्टको वडा अध्यक्ष रामलाल डगौंराले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

बोर्डर आउट पोष्टको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले राज्य र जनताको सेवा र सुरक्षा ध्यानमा राखेर अझ बढी अनुशासित एवम् कर्तव्यनिष्ट भएर सेवा गर्नुपर्ने बताए। उनले सीमा सुरक्षा, अपराध र अवैध चोरी निकासी पैठारी रोक्न व्यावसायिक ढंगले कार्य क्षेत्रमा खटिन सुरक्षाकर्मीलाई निर्देशन दिए। 
 

प्रकाशित: Feb 02, 2021| 10:04 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।