बिहीबार, वैशाख १३, २०८१

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाशील ४२ जना पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा कक्षा तालिम सोमबारदेखि सुरु गरेको छ।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

पोखरा– नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाशील ४२ जना पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा कक्षा तालिम सोमबारदेखि सुरु गरेको छ।

triton college

नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक महिने आधारभूत चिनियाँ भाषा कक्षा सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन्। 

तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनस्र्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए। 

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनियाँ भाषा कक्षा तालिम बहुउपयोगी बन्ने बताए। 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरुत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए। 

corrent noodles
Metro Mart

कार्यक्रममा नेपाल पोखरा ओभरसिज चाइनिज एसोसिएसनका सचिव जियाङ हासु, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीप्रसाद रिजाल, नाट्टा पूर्व अध्यक्ष परिषद्का सहसंयोजक पशुपति पाण्डे, नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारी, सचिव संगीता पौडेल लगायतले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थानका लागि सरकारको पर्यटनमैत्री नीति आवश्यक हुनेमा जोड दिए। 
 

प्रकाशित: Feb 02, 2021| 07:08 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।