बिहीबार, वैशाख १३, २०८१

आकृति र रोजिना बने ‘विज्ञानमा महिला २०२०’ का विजेता

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आयोजना गरेकोे ‘चौथो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक भएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काडमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आयोजना गरेकोे ‘चौथो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक भएको छ। आयोजक नासोले आज (सोमबार) तीन विधाका पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो।

triton college

जसमा व्यावसायिक विधातर्फ आकृति काफ्ले बरालले पुरस्कार जितेकी छन् भने विद्यार्थी विधातर्फ रोजिना शाक्यले। विज्ञानमा महिला पुरस्कार २०२० चौथो संंस्करण हो। यो संस्करणमा परेका ५० वटा प्रस्तुतिमध्ये अन्तिम १८ लाई ६ जनाको निर्णायक टोलीले छनोट गरेको आयोजकले बताएको छ।

प्रतियोगितामा सहभागी बनेका मध्येबाट छानिएका प्रस्तुतिलाई युट्युबमा राखिएको थियो। युट्युबमा सर्वाधिक हेरिएको भिडियोलाई पब्लिक च्वाइस अवार्ड दिने आयोजकले बताएको छ। पब्लिक च्वाइस अवार्डतर्फ समीक्षा कँडेल (व्यावसायिक) र शुभेक्षा सापकोटा (विद्यार्थी) विजयी भए।

सबै विजेताहरुलाई माघ २९ मा परेको विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसमा पुरस्कार र अवार्ड वितरण गरिने आयोजकले बताएको छ। व्यावसायिकतर्फको विजेताले २५ हजार रुपैयाँ पाउनेछ भने विद्यार्थीतर्फको विजेताले १५ हजार।
 

प्रकाशित: Feb 01, 2021| 11:17 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।