बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा अध्यक्ष ओलीलाई पार्टीबाट हटाउने निर्णय अनुमोदन

नेकपा अध्यक्ष ओलीलाई पार्टीबाट हटाउने निर्णय अनुमोदन

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ। 

triton college

आज सोमबार बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले महासचिवको जिम्मेवारीमा रहेका विष्णु पौडेललाई पनि हटाउने निर्णयको अनुमोदन गरेको छ।

२५ प्रतिशतभन्दा बढी सदस्यले पार्टीको विधान अनुसार बैठक माग गरेअनुसार बसेको बैठकले स्थायी कमिटीको प्रस्तावअनुसार केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्काशन गर्ने र पौडेललाई महासचिवको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। 

बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित रुपमा पत्र लेख्ने निर्णय पनि गरेको छ।

यस्तै, बैठकले म्यानमार घटनाको निन्दा गरेको छ। म्यानमारमा सोमबार सेनाले गरेको ‘कू’को नेकपाले निन्दा गरेको हो।

corrent noodles
Metro Mart

प्रकाशित: Feb 01, 2021| 10:48 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।