काठमाडौं– सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैह्रीधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको स्थापना गरी उद्घाटन गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोककुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाइटको उद्घाटन गरेका थिए।