बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेका मन्त्री थापाले मागे माफी

सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेका मन्त्री थापाले मागे माफी

खानेपानीमन्त्री मणि थापाले आफूले सम्बोधनका क्रममा भुलवश ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं - खानेपानीमन्त्री मणि थापाले आफूले सम्बोधनका क्रममा भुलवश ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्। 

triton college

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका हुन्। 

शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहको सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेका थिए। 

‘कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु।’

आफ्नो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चागमनका पक्षमा आफ्नो साथ नहुने पनि उनले बताएका छन्। उनले भनेका छन्, ‘भुलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 31, 2021| 05:10 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।