शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री कप क्रिकेट : टक्करपूर्ण फाइनल खेल

गत वर्ष पोखरा प्रिमियर लिग (पीपीएल) भएयता नेपालमा पुरुष क्रिकेटको प्रतियोगिता भएका थिएनन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– लामो समयपछि भएको घरेलु क्रिकेट अन्तर्गत प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल भोलि (शनिबार) त्रिवि क्रिकेट मैदानमा हुँदैछ।

triton college

गत वर्ष पोखरा प्रिमियर लिग (पीपीएल) भएयता नेपालमा पुरुष क्रिकेटको प्रतियोगिता भएका थिएनन्। त्यसबीच कोरोना महामारीले खेलकुदलाई चलायमान बनाउन दिएन्। तर महामारीपछि खेलकुद चलायमान बनाउन नेपाल क्रिकेट संघ (क्यान)ले पीएम कप आयोजना गर्यो।

त्यसैको फाइनल खेल भोलि हुँदैछ। र, उपाधि भिडन्तमा छन् दुई विभागीय डर्बी एपीएफ क्लब र आर्मी क्लब।

फाइनल खेलमा कत्तिको टक्कर होला ? यो प्रश्नमा फाइनलिस्ट टिम एपीएफका कप्तान शरद भेषावकर भन्छन्, ‘त्यसका लागि त खेल नै पर्खनु पर्छ। जुन टिमले बेस्ट प्रतिस्पर्धा गर्छ, उसले नै जित्ने हो।’

उनले आफ्नो टिममा चोट लागेका खेलाडी पनि रेस्ट पाएर चोटमुक्त भइसकेका कारण बेस्ट प्लेइङ ११ बनाएका छन्। भन्छन्, ‘हामीले उच्च स्तरको खेल प्रस्तुत गर्नेछौं। सफलतापूर्वक उत्कृष्ट रणनीति प्रयोग गर्ने कोसिस गर्नेछौं।’

corrent noodles
Metro Mart

एपीएफका लागि सम्झनलायक कुरा उसको टिमको प्रदर्शन राम्रो देखिँदै आएको छ। तर पछिल्ला खेलमा फिल्डिङमा भने केही कमजारी देखिँदै आएका छन्।

शरद भन्छन्, ‘फिल्डिङमा समस्याहरु थिए। सायद भोलि त्यो हुँदैन।’

एपीएफका कप्तान शरद भेषावकर

त्यसो त उच्च प्रतिस्पर्धा भएको पीएम कपमा फाइनल पुग्नु नै खुसीको कुरा हो।  साथै फाइनल पुगेको अर्को टिम आर्मीको लागि भोलिको फाइनल खेल एपीएफविरुद्ध बदला लिने अवसर पनि हो।

आर्मीले यही भावना अनुसार मैदानमा खेल देखाउनेछ। किनभने आर्मीले एक फाइनल जितेर दुई फाइनलमा विभागीय क्लबसँगै हार बेहोरेको छ।

त्यसैले उसलाई जसरी पनि उपाधि जित्नु छ। यो सपनालाई साकार बनाउन आर्मीका कप्तान विनोद भण्डारी कुल माइन्डले खेल्ने बताउँछन्। भन्छन्, ‘जित्ने सकिन्न भन्ने सोचेर मैदान आउने होइन। खेलिसकेको खेलबारे सोचेर केही पनि हुँदैन।’

उनी पछिल्ला खेलबारे नसोची अघि बढ्ने बताउँछन्। किनभने आर्मीले जारी पीएम कपको समूह चरणको खेलमा एपीएफसँग ६ रनको हार बेहोरिसकेको छ।

तर बाँकी खेलमा भने आर्मीको नतिजा र टिमवर्क राम्रो छ। बागमतीविरुद्धको खेलमा पनि उसले राम्रो फिल्डिङ गरेको थियो। जसकारण उसलाई जित निकाल्न सहज भयो।

कप्तान भण्डारी भन्छन्, ‘एउटा व्यक्तिले मात्र राम्रो प्रदर्शन गरेको छैन। कहिले कसले खेलिरहेको छ, कहिले कसले। तर सबै खेलमा एक–एक जना चलिरहेका छन्। त्यसले हामीलाई सजिलो भएको छ।’

त्यसैले भोलिको टक्करमा को सफल हुने हो, त्यसको जवाफ पाउनल शरदले भनेस्तै खेल पर्खनैपर्छ।

आर्मीका कप्तान विनोद भण्डारी

बेस्ट प्लेइङ सेट

समूह चरण र सेमिफाइनलपछिको ग्यापका कारण दुवै टिमका खेलाडी चेटबाट मुक्त छन्। यसकारण भोलिको फाइनल खेलमा दुवै टिमबाट बेस्ट टिम निस्कने छन्।

एपीएफका वसन्त रेग्मी चोटगस्त थिए। उनी निको भएर खेल्ने सम्भावना उच्च छ। ‘वसन्तको चोट सुधार भएको छ। भोलि बिहान फिटनेस टेस्ट गरेर खेल्ने–नखेल्ने टुंगो हुन्छ,’ कप्तान शरदले भने।

घरेलु क्रिकेटमा वसन्तको लामो अनुभव फाइनलमा काम लाग्ने शरदको विश्वास छ। त्यस्तै चोट लागेका भुवन कार्की पनि फिट रहेकाले एपीएफले बेस्ट प्लेइङ सेट बनाउने शरद बताउँछन्।

यता प्रतियोगिताभर कप्तान शरदको भने प्रदर्शन सोचेअनुरुप देखिएको छैन। यसकारण उनलाई फाइनलमा राम्रो खेल्न दबाब छ। उनी आशावादी बन्छन्, ‘जे भयो, भयो। अब अघिको बारेमा सोच्नुपर्छ। म पनि जितको एकदमै भोको छु। त्यसैका आधारमा भोलिको ब्याटिङ हुनेछ।’

उनी थप्छन्, ‘त्यसैले भोलि एपीएफको बेस्ट प्लेइङ ११ आउँछ।’

एपीएफका खेलाडी

यता आर्मीका ब्याट्सम्यान कुशल मल्ल, करण केसी र सोमपाल कामी टी–१० खेल्न युएई पुगेका छन्। तीन महत्वपूर्ण खेलाडी पीएम कपमा नहुँदा उसलाई गाह्रो पर्ला भन्ने सबैले अनुमान गरेका थिए। 

तर त्यस्तो भएन, ‘तीन खेलाडी नभएकाले टिम मिलाउने केही गाह्रो भने छ। खेलाडी अभाव भएको होइन। मिलाउन पर्ने चाँहि छ।’ तीन खेलाडी नहुँदा पनि आर्मीले सोचेझैैं राम्रो गरिरहेको छ। विनोद भन्छन्, ‘भाग्यवश जसलाई अवसर दिए पनि राम्रो गरिरहेका छन्।’

तर आर्मीका बलिया ब्याट्सम्यान जारी प्रतियोगितामा चम्किएका छन्। यस्तो अवस्थामा उनी सेटमा पर्छन् कि पर्दैन् भन्ने भन्ने प्रश्नमा भण्डारी भन्छन्, ‘ठूला खेलाडी भनेको ठूलो गेमका लागि नै हो। त्यसैले भोलिको खेलमा रोहित खेल्ने चान्स निकै छ।’

आर्मीका खेलाडी

धेरै पछिको खेल...

नेपालमा धेरै पछि खेल भएको हो। यसकारण खुसी लागको एपीएफका कप्तान भेषावकर बताउँछन्। उनले भने, ‘धेरै पछि खेल भएको छ। चाँडै सफल पनि हुँदैछ। आशा गरौं, चाँडै अर्को प्रतियोगिता पनि होस्।’

फाइनल खेलको दिन सार्वजनिक बिदा परेकाले पर्याप्त दर्शक हुने दुवै टिमका कप्तानको अनुमान छ। शरदले भने, ‘किनभने फाइनल आफैंमा फाइनल हो। फाइनल खेल्न रमाइलो नै हुन्छ। किनभने त्यो धेरै दबाब पूर्ण खेल पनि हो।’ ‘आशा छ बेस्ट टिमले जित्नेछ,’ उनले थपे।

 प्रधानमन्त्री कपको ट्रफी

यता आर्मीका कप्तान भण्डारीले धेरै समयपछि फाइनलमा पुग्दा जित्ने आशा धेरै रहेको बताए। उनले भने, ‘आर्मी प्रतिस्पर्धी टिम छ। जित्नै नसकिने भने होइन। हाम्रो तीन जना नभएर असन्तुलित भएजस्तो देखिए पनि भित्रबाट हेर्दा ठिक छ।’

प्रकाशित: Jan 29, 2021| 12:23 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।