बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गगन थापालाई विद्यासुन्दरको पत्र– कमलपोखरीमा तपाईंले के काम गर्नुभयो?  

गगन थापालाई विद्यासुन्दरको पत्र– कमलपोखरीमा तपाईंले के काम गर्नुभयो?  

'तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ।’ 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तत्कालीन संघीय सांसद गगनकुमार थापालाई पत्र लेखेर कमलपोखरीको विकास तथा सुधारका लागि गरेका कार्यको विवरण उपलब्ध गराउन आग्रह गरेका छन्।

triton college

‘कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा तपाईंबाट प्रेषित काठमाडौ्ं महानगरपालिका प्रमुखलाई सम्बोधन गरिएको पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘२०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रस्ट छ।'

पत्रमा विगतमा छलफलका क्रममा पोखरीको विकास तथा सुधारका लागि थापाबाट धेरै काम भएकाे भनिएकाे उल्लेख छ। पत्रमा लेखिएकाे छ, 'तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ।’ 

यस्तै महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्त्व विभागको ध्यानाकर्षण गराएको छ।  

काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएका छन्। 

corrent noodles
Metro Mart

कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्त्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको महानगरपालिकाको आरोप छ।

काठमाडौं महानगरपालिकाबाट टेन्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भइरहेको कमलपोखरी निर्माणबारे काठमाडौं महानगरपालिकासँग कुनै परामर्श नगरी एकपक्षीय रूपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायबीच समन्वय नभएको सन्देश प्रवाह हुने पत्रमा उल्लेख छ।

'यसले पुरातात्त्विक तथा धार्मिक महत्त्वका स्मारकको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध हुने देखिन्छ,’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचारपूर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ।’

प्रकाशित: Jan 29, 2021| 10:06 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।