कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका २ मोतीबस्तीमा घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ।
गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हानेको हो। राँगोले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
‘राँगाले हान्दा चौधरीको घटनास्थलमै मृत्यु भएको खबर छ’, प्रवक्ता थापाले भने, ‘आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ।’ –रासस