शनिबार, वैशाख ८, २०८१

मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरि’

चर्चित गायिका मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरि’ बोलको गीत सार्वजनिक भएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- चर्चित गायिका मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरि’ बोलको गीत सार्वजनिक भएको छ।

triton college

गीतमा साहित्यकार एवम् सहरी मन्त्रालयका पूर्व सचिव दीपेन्द्रनाथ शर्माको शब्द, कन्काइष्ट राईको संगीत र देवेश राईको एरेन्ज छ।

गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय छ।

म्युजिक भिडियोको बुद्व थापाले छायांकन गरेका छन् भने विकास धमलाले सम्पादन र निकेश खड्काले निर्देशन गरेका छन्।

युवा पुस्ताको प्रेमकथालाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Jan 27, 2021| 10:41 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्