शुक्रबार, वैशाख ७, २०८१

चार चिनी उद्योगले गरे उखु किसानलाई ५४ करोड भुक्तानी

चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेका छन्।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेका छन्।

triton college

६५ करोडभन्दा  बक्यौता रकममध्येमा मंगलबार साँझसम्म चारवटा चिनी उद्योगले ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ। 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। 

उनका अनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी गरिरहेका छन्।  

मन्त्रालयलको तथ्यांकअनुसार इन्दिर सुगर मिलले मंगलबारसम्म ८३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ। उक्त मिलको चार करोड ७० लाख बक्यौता रकममध्येमा खातामा एक करोड पचास लाख रकम जम्मा रहेको छ। 

corrent noodles
Metro Mart

यसैगरी आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा तीन करोड ४० लाख रकम जम्मा रहेको लामिछानेले जानकारी दिए। 

अन्नपूर्ण सुगर मिलले १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ। उक्त मिलले उखु किसानलाई १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ। 

उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंमा उखु किसानले आन्दोलन सुरु गरेपछि गृह मन्त्रालयले मंसिर ३० गते सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिनी मिलका सञ्चालकलाई कानून अनुसार कारबाही गर्न निर्देशन दिएको थियो। 

मन्त्रालयको निर्देशनपछि बक्यौता रकम भुक्तानी नगरेको भन्दै एकै व्यक्ति सञ्चालक रहेका अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालकलाई प्रक्राउ गरिएको थियो। मिलका सञ्चालक प्रक्राउ गरेपछि रकम भुक्तानी सुरु गरेको उक्त मिलको अन्य मिलको तुलनामा धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी छ। रासस   
 

प्रकाशित: Jan 27, 2021| 08:51 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्