शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख

प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन्। 

triton college

अन्तरपार्टी महिला सञ्जाल आवद्ध महिला नेतृहरुले महिलाको अधिकार सुनिश्चित भएको संविधान बचाइदिन आग्रह सहित ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘अहिले त्यहाँ सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो, अनुशासन भएन भन्ने कुरा जो आइरहेको छ, त्यो सत्यमा आधारित छैन,’ उनले भने, ‘प्रतिनिधिसभाले बरु सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन।’

सभामुख सापकोटाले दुईवटा संसद् अधिवेशन चलाएको अनुभव सहित देशको सर्वांगीण कुरामा ध्यान दिँदै व्यवस्थित ढंगले संसद् सञ्चालनको तयारी हुँदै गर्दा हठात् संसद् सञ्चालनमा अवरुद्धता आएको बताए।

‘संसद् सुचारु गर्नुपर्छ भनेर तपाईंहरुले मात्रै होइन, देशका सबै संविधानविद्, कानुनविद्, विधिवेत्ताहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांशले चिन्ताका साथ आवाज उठाइरहनु भएको छ,’ उनले भने, ‘त्यस सम्बन्धमा गम्भीरतापूर्वक चिन्तन–मनन् गरिरहेको छु। मैले परिस्थितिलाई धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक विश्ष्लेषण, अध्ययन गरिरहेको छु।’

corrent noodles
Metro Mart

पछिल्लो वर्षे अधिवेशन बहुआयामिक महत्वका साथ सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले छैटौं अधिवेशनमा संविधान संशोधन गरेर नक्सा पास गर्दा संसदमा प्रकट भएको अभूतपूर्व एकताको स्मरण गरे।

संसदलाई व्यवस्थित ढंगले लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई स्थापित गर्नका लागि, छलफलको वातावरण बनाउन भगिरथ मेहनत गरेको उनको भनाइ छ। 

अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ध्यानाकर्षणपत्र बुझाउँदै नेतृहरु शशी श्रेष्ठ, कमला पन्त, यशोदा सुवेदी लगायतले महिलाको अधिकार सुरक्षित भएको संविधान बचाउने विषयमा पहल लिन सभामुखलाई आग्रह गरेका छन्।
 

प्रकाशित: Jan 25, 2021| 12:06 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।