बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पौडेल समूहले आन्दोलन चर्काउन र महाधिवेशन गराउन देउवालाई दबाब दिने

पौडेल समूहले आन्दोलन चर्काउन र महाधिवेशन गराउन देउवालाई दबाब दिने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले पार्टी महाधिवेशन गर्न र आन्दोलनलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवालाई दबाब दिने भएको छ।  
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले पार्टी महाधिवेशन गर्न र आन्दोलनलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवालाई दबाब दिने भएको छ।  

triton college

सोमबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले पार्टी महाधिवेशनको कार्यतालिका तत्काल ल्याउन देउवालाई दबाब दिने निर्णय गरेको हो। 

आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाइएको थियो। तर, निर्धारित मितिमा महाधिवेशन नहुने पक्का भएको छ। मंसिरमा टुंग्याउने भनिएको क्रियाशील सदस्यताको विषय पनि हालसम्म टुंगो लागेको छैन।

क्रियाशील सदस्यता माघ अन्तिमसम्म टुंगो लगाइसक्ने गरी पुस ७ देखि जारी केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियो। यस्तै केही जिल्लाको भौगोलिक समायोजन र अन्य दलबाट प्रवेश गरेकाहरुको समायोजनमा समेत सहमति जुट्न सकेको छैन। यस्तो अवस्थामा माघभित्रै क्रियाशीलको टुंगो लगाएर महाधिवेशनको नयाँ कार्यतालिका यथाशिघ्र सार्वजनिक गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष छ।  

‘माघभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने र मिति तोकेर १४ औं महाधिवेशनतर्फ उन्मुख हुनुपर्ने विषयमा छलफल भयो,’ बैठकमा सहभागी नेता नवीन्द्रराज जोशीले भने। १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र  मातहतका सबै समितिको अवधि एक वर्षअघि नै सकिइसकेको छ। विधानको व्यवस्थाअनुसार थप गर्न मिल्ने १ वर्षको समयावधि समेत सकिन लागेको छ। संवैधानिक व्यवस्था अनुसार कांग्रेस महाधिवेशन भदौयता नै सम्पन्न गरिसक्नुपर्ने छ। 

corrent noodles
Metro Mart

यस्तै बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा निरन्तर आन्दोलन गर्नुपर्नेमा जोडसमेत दिएको छ। कांग्रेसले यसअघि निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडामा विरोध प्रदर्शन गरिसकेको छ। अब नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्न पौडेल पक्षले देउवालाई दबाब दिने भएको छ। ‘संसद् विघटनविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने हाम्रो निष्कर्ष छ। नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्नुपर्छ,’ नेता जोशीले भने।  

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, मिनेन्द्र रिजालसहित काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थित थिए। 
  

प्रकाशित: Jan 25, 2021| 11:23 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।