काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)ले माघ २३ गते काठमाडौंमा जनसभा गर्दैछ।
बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौंको रत्नपार्कमा जनसभा हुने भएको हो।
जनसभाबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको घोषणा गरेका छन्।
माघ २१ गते ११ बजेदेखि मञ्चमा जनसभा सुरु हुनुपूर्व विभिन्न सांस्कृतिक कार्यक्रम गरिने उनको भनाइ छ। साथै माघ २१ गते १० हजार मोटरसाइकल र्यालीसमेत निकालिने उनी बताउँछन्।
पोखरेलले जनसभामा लाखौंको उपस्थिति गराउने लक्ष्य पूरा गर्न मातहतमा कमिटीलाई निर्देशन पनि दिइएको बताए।