बिहीबार, वैशाख ६, २०८१

नाडाले दियो सदस्यहरुलाई प्रशिक्षण

 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा एक दिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ। ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम भएको हो।

triton college

अटोमोबाइल व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी विद्यमान प्रणालीहरुबारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले प्रशिक्षण कार्यक्रम गरिएको नाडाले जनाएको छ। 

कार्यक्रमका भन्सार विभागका महानिर्देशक दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यसबारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम गरिएको जानकारी दिए । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफ्ना सदस्य कम्पनीहरुले विभिन्न समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा यस्तो कार्यक्रमले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारी प्राप्त हुने मात्र नभई व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहज हुने बताए।

कार्यक्रममा भन्सार विभागका तर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सूर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए। त्यसैगरी नाडाका तर्फबाट सि.ए साहिल अग्रवालले प्रशिक्षण एिका थिए । कार्यक्रममा नाडाका ४६ सदस्य कम्पनीहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा नाडाका अध्यक्ष दुलालले प्रमुख अतिथी तथा भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यसैगरी, अध्यक्ष दुलालले सो कार्यक्रममा सहभागी ४६ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 25, 2021| 07:39 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्