बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले उद्घाटन गरे राप्ती नदीमा निर्माण भएको पुल

प्रधानमन्त्रीले उद्घाटन गरे राप्ती नदीमा निर्माण भएको पुल

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन्। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन्। 

triton college

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन्।

उद्घाटन गर्दै उनले देश अगाडि बढ्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। 

‘हामी संविधानको रक्षा गर्छौं, प्रणाली र व्यवस्थाको रक्षा गर्छौं, यो प्रक्रियालाई सफलता र सुरक्षितपूर्वक अगाडि बढाउँछौं,’ उनले भने, ‘सुशासन र विकास ल्याउने हो, यसलाई प्रत्याभूत गर्दै अगाडि बढाउनेछौं। 

प्रधानमन्त्री हेलिकप्टरबाट त्यहाँ पुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेका थिए। 

corrent noodles
Metro Mart

पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गरेका छन्। 

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो। 

पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ।

करिब एक अर्ब रूपैयाँ लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो।

पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ।

यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो। पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ।

अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे–भालुबाङ हुँदै करिब डेढ घण्टाको सवारीसाधनबाट यात्रा गर्नुपर्ने अवस्था छ। 

पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ। 

प्रकाशित: Jan 25, 2021| 07:25 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।