शुक्रबार, वैशाख ७, २०८१

केपी ओली वैधानिक प्रधानमन्त्री होइनन् : वर्षमान पुन

नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले नेपालमा वैधानिक प्रधानमन्त्री नै नरहेको बताएका छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

वुटवल- नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले नेपालमा वैधानिक प्रधानमन्त्री नै नरहेको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि वैधानिक रुपमा प्रधानमन्त्री मूलूकमा नभएको स्पष्ट पारे। 

triton college

‘हामीले त प्रतिनिधिसभालाई विघटन मानेका छैनौँ, तर ओलीजीले विघटन गरेको भन्दै हिँड्नुभएको छ, प्रतिनिधिसभा सदस्य नै नभएपछि ओलीजी कसरी प्रधानमन्त्री हुनुभयो’ आदिवासी जनजाति महासंघ नेपाल, रुपन्देहीले आइतबार बुटवलमा गरेको राजनीतिक प्रशिक्षणमा पुनले भने। उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने बताए। उनले प्रतिनिधिसभा विघटन गरेर ओली नेतृत्वले संघीयता, धर्मनिरपेक्षता, समावेशितालाई खोस्न खोजेको आरोप लगाए। 

‘राष्ट्रिय, अन्तर्राष्ट्रिय सेटिङमा चालिएको कदम हो’ नेता पुनले भने, ‘प्रतिगमनविरुद्ध हरेक सचेत नागरिक विरोधमा उत्रनुपर्छ।’ ओलीलाई ५ वर्षसम्म सरकार सञ्चालनका लागि पार्टीले निर्णय गरेको अवस्थामा संविधानलाई कुल्चेर संसद विघटन गरिएकाले यो प्रतिगामी कदम भएको उनको जिकिर छ। 

‘चुनाव गराउनका लागि बैशाखको मिति तय गरिएको होइन, ३ महिनामा चुनाव हुने अवस्था नै बन्दैन, यो परिवर्तनलाई खोस्न चालिएको कदम मात्रै हो’ नेता पुनको तर्क छ। उनले कामचलाउ प्रधानमन्त्री ओलीलाई बैशाखपछि झ्यालबाट पछार्ने समेत बताए। पछिल्ला केही समययता भारतका गुप्तचर, सेनाका प्रमुखसहित मिडियासमेत आउनुले संसद विघटनमा अन्तर्राष्ट्रिय शक्तिको समेत चलखेल भएको अनुमान गर्न सकिने उनले बताए। ‘नेपालको संविधान मन नपराउने

शक्तिहरुले खेलिरहेका छन्, हेर्दै जानुस् बैशाखपछि ओली जीलाई पनि त्यही शक्तिले झ्यालबाट फाल्नेछ र प्राप्त परिवर्तन उल्ट्याउने गरी अर्को खिलराजको खोजी हुनेछ’ पुनले भने। 

corrent noodles
Metro Mart

प्रधानमन्त्रीले काम गर्ने कि जुलुस निकाल्ने ? 

पुनले प्रधानमन्त्रीले आलोचना र टिप्पणी सुन्नसमेत नचाहेको प्रति आक्रोश पोखे। ‘संविधान र लोकतन्त्र मिचिएको छ, यसलाई बचाउनुपर्छ भन्दा किन गाली गर्नुपर्‍यो ?’ उनले प्रश्न गरे। उनले पञ्चायतकालमा आफ्नाविरुद्ध मुद्दा लडेका एक जना वकिललाई बाजे वकिल भनेर अपहेलना गर्नुले प्रधानमन्त्रीको हैसियत पुष्टि भएको बताए। ‘हामीले काठमाडौंमा प्रदर्शन गर्‍यो, त्यसलाई खिसिट्युरी गरेर म अर्को जुलुस निकालेर देखाइदिन्छु भन्नुभएछ’ पुनले भने, ‘प्रधानमन्त्रीले काम गर्ने हो की जुलुस निकाल्ने हो ?’ 

उनले प्रधानमन्त्रीका निकटका रुपमा रहेका महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सम्झाउन आग्रह गरे। प्रधानमन्त्री अहिले नाङ्गै हिड्नुभएको छ, कम्तीमा तपाईहरुले महाराज भनेर जयजयकार नगर्नु, नाङ्गै हुनुभयो भनेर भनिदिनुस् न।’ उनले २०१७ सालमा राजा महेन्द्रले कु गर्दा पञ्चायतविरुद्ध ३० वर्ष लड्न परेको उल्लेख गर्दै अहिले परिवर्तनको रक्षाका लागि आन्दोलनमा होमिनुपरेको बताए।

प्रकाशित: Jan 24, 2021| 11:33 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।