बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अधिवक्ताले प्रधानमन्त्रीको योग्यतामा प्रश्न गरेपछि प्रधानन्यायाधीशले रोके

अधिवक्ताले प्रधानमन्त्रीको योग्यतामा प्रश्न गरेपछि प्रधानन्यायाधीशले रोके

अधिवक्ता वीरेन्द्र ठाकुरले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओलीका व्यक्तिगत कुरा उठाएपछि न्यायाधीशले रोकेका छन्। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– अधिवक्ता वीरेन्द्र ठाकुरले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओलीका व्यक्तिगत कुरा उठाएपछि न्यायाधीशले रोकेका छन्। 

triton college

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको बहसका क्रममा अधिवक्ता ठाकुरले प्रम ओलीले चालेको कदमका साथै उनको योग्यताको विषय पनि उठाएका थिए। त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाले उनलाई रोकेका थिए। उनले संसद् विघटनको विषयसँग अन्य कुरा नजोड्न भनेका थिए।

न्यायाधीश सिन्हाले व्यक्तिगत आक्षेप लगाउने काम नगर्न ठाकुरलाई निर्देशन गरे। अधिवक्ताले फेरि त्यही विषयमा बहस गर्न थालेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अब त्यसमा नबोल्नुस्, बहस त्यता नलग्नुस्। अब तपाईंको समय सकियो, बाँकी कुरो बहस नोटमा दिनु’  भन्दै रोकेका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत आइतबारदेखि निरन्तर बहस भइरहेको छ।

प्रकाशित: Jan 24, 2021| 09:13 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।