शनिबार, वैशाख ८, २०८१

केपी ओली हिटलरको नेपाली संस्करण : नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग आफूहरु अब नझुक्ने बताएका छन्। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग आफूहरु अब नझुक्ने बताएका छन्। 

triton college

उक्त समूहले आज शुक्रबार आयोजना गरेको विरोध सभामा उनले भने, ‘अब सँगै जान सकिने अवस्था छैन। केपी ओलीको नाम खड्गप्रसाद भएजस्तै उनले सविधान र लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्। यसका विरुद्ध नलडी हुँदैन। त्यसैले हामी सडकमा छौं। आजको उपस्थितिले मैले जनआन्दोलनको झल्को देखेको छु। यो कास्टिङमात्र हो, फिल्म सुरु हुन बाँकी नै छ।’

केपी ओली कम्युनिस्ट पार्टीको सदस्यसमेत हुन लायक नभएको तर्क उनले गरे। भने, ‘केपी ओलीलाई स्पष्टीकरण सोधेका थियौं उनी सुध्रिएलान् कि भनेर। तर सुध्रिएनन्। केपी ओली सिद्धान्तवाला मानिस होइनन्।’

केपी ओली हिटलरको नेपाली संस्करण भएको टिप्पणी नेपालले गरे। ‘तपाईंको कोही दास छैन। अब कोही झुक्दैन तपाईंको सामु। मन्त्रीदेखि नेता कार्यकर्ताको हुर्मत लिने काम भयो उहाँबाट। राज्यका निकायलाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुभयो। कुनै नियम–कानुन नमान्ने, जहिले पनि दुःख दिने काममात्रै गरे। मैले कतिपपटक थमथमाएर राखें। उहाँको आदेश नमाने जे पनि गर्ने शैली देखियो,’ उनले भने।

केपी ओली अध्यक्ष रहेसम्म पार्टी नचलेको तर्क नेपालले गरे। भने, ‘उनको उखानटुक्काले देश चल्दैन। सम्भव भएको कुरा गर्नुस् भनेर भन्थ्यौं। जनताको समस्या सम्बोधनमा ध्यान दिन भन्थ्यौं तर ठूलो गफ दिने काममात्रै भयो। केपी ओलीले ओछ्यानमा बसेर गफ गर्ने तर बैठकमा नआउने काम गरे। हामीले हातखुट्टा बाध्यौं भनेर गरिएको प्रचार सबै असत्य हो।’ 

corrent noodles
Metro Mart

ओलीसँग पार्टीमा बहुमत नभएको दाबी गर्दै उनले भने, ‘उनले पार्टी सिद्धान्त र नियमकानुन मान्ने भए त अध्यक्ष र सरकारबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यो। घरमा झगडा हुँदा घरमै आगो लगाएर ध्वस्त बनाउने काम गरे। केपी ओलीलाई ठिक ठाउँमा हामीले ल्याउन सकेनौं।

पार्टी एकता गरेर अगाडि बढ्न खोज्दा नेताहरूको हुर्मत लिने काम गरियो। सुरुवातदेखि नै ओलीका व्यवहार आपत्तिजनक नै थिए। हामीले सुधार्ने धेरै प्रयास गरेको हो, तर सकेनौं।’

केपी ओलीसँग अरिंगालको गोलोमात्रै भएको उनले बताए। ‘अरिंगारुपी साइबर सेनालाई सूर्यको तापले तहसनहस पारिने छ। सूर्य चिन्ह ल्याउने म जिउँदै छु। अरुले दाबी नगरे हुन्छ,’ नेपालले भने।

प्रकाशित: Jan 22, 2021| 10:13 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।