काठमाडौं– प्रधामनमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा ओभर खेल्दै नौ विकेट गुमाएर २१५ रन जोडेको थियो।
प्रदेश १ का लागि सिद्धान्त लोहनीले ६६ रन बनाए भने सुभांकर उरावले ३६ रन बनाए। त्यस्तै मिनास थापाले २५ रन बनाउँदा सरवन यादवले १७ रन जोडे।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र अनुज चुनराले समान २–२ विकेट लिए। त्यस्तै कप्तान रविन्द्र शाहीले तीन विकेट गिराए।
समूह ए अन्तर्गत प्रदेश १ यसअघि नै बाहिरिसकेको छ। यता कर्णाली भने सेमीफाइनल प्रवेशका लागि अंकतालिकामा विभागिय टिम आर्मी र एपीएफसँग प्रतिस्पर्धामा छन्।