बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेत मेडिकल कलेज स्थापनामा अन्योल : डीपीआर स्वीकृत नहुँदा १० करोड फ्रिज

सुर्खेत मेडिकल कलेज स्थापनामा अन्योल : डीपीआर स्वीकृत नहुँदा १० करोड फ्रिज

सुर्खेत मेडिकल कलेज स्थापनाको काम अन्योलमा परेको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

सुर्खेत- सुर्खेत मेडिकल कलेज स्थापनाको काम अन्यौलमा परेको छ। 

triton college

सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास कार्यालयले डीपीआरको स्वीकृति नपाउँदा कलेज स्थापनाको काम अन्योलमा परेको हो। 

पूर्वाधार विकास कार्यालयले तयार पारेको डीपीआर एक वर्षदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमै अलमलिएको छ। 

डीपीआरको फाइल मन्त्रालयमै अड्कीनु र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया अगाडि बढाउनुले सुर्खेत मेडिकल कलेज स्थापना गर्ने योजना थप अन्यौलमा परेको हो। 

विश्वविद्यालयले कलेजका लागि आवश्यक जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइसकेको छ।

corrent noodles
Metro Mart

हरेक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने रणनीति अनुसार ०७६ जेठमा सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ। तर वर्षदिन वितिसक्दा पनि मेडिकल कलेज स्थापनाको कुनै प्रक्रिया अघि बढेको छैन। 

‘डीपीआरको फाइल बुझाएको एक वर्ष भइसक्यो, मन्त्रालयमै अड्कीएको छ’ सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख जीतबहादुर शाहले भने, ‘मन्त्रालयले डीपीआर स्वीकृत नदिँदा पूर्वाधार निर्माण आयोजनाले कुनै पनि काम गर्न सकेको छैन ।’

मेडिकल कलेज स्थापनाका लागि राजनीतिक नेतृत्वले चासो नदिएकाले पूर्वाधार निर्माणको काम रोकिएको उनको आरोप छ।

पूर्वाधार निर्माणका लागि मन्त्रालयबाट स्वीकृत नपाउँदा गत वर्ष १० करोड बजेट फ्रिज गएको आयोजनाले जनाएको छ। चालु आर्थिक वर्षमा पनि पूर्वाधार निर्माणको लागि १० करोड बजेट बिनियोजना गरेको छ।
 
तीनवर्ष भित्र मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यले केन्द्र सरकारले सुर्खेतको कालुञ्चोकमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ।

आयोजनाले कलेजको पूर्वाधारका लागि वीरेन्द्रनगर ११, १२ र १३ को केन्द्रबिन्दु देविस्थान डाँडामा शैक्षिक भवन निर्माणको प्रक्रियासमेत अगाडि बढाएको थियो। 

स्थानीयले नेवारे, सीतापुर, अम्बिका र जनजागृति सामुदायिक वन क्षेत्रमा पर्ने डाँडामा कलेज स्थापना गर्न सहमति जनाएका थिए। 

देवीस्थान डाँडामा अध्ययन भएपनि प्रयोगात्मक कक्षा कर्णाली प्रदेश अस्पताल रहेको कालागाउँमै सञ्चालन गरिने सहमति भएको थियो। 

कलेज सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले ०७६ कार्तिक २९ गते प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न दिने सहमति दिएको थियो।

यता संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री मनवराज रावतले भने अबको ६ महिनाभित्रै सुर्खेतमा मेडिकल कलेज स्थापनाको प्रक्रिया टुङ्गो लाग्ने दाबी गरेका छन्। 

सुर्खेत मेडिकल कलेज र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना गर्ने भनिएको मेडिकल कलेजमध्ये कुनै एउटा मेडिकल कलेज स्थापनाको प्रक्रिया टुङ्गाउने उनको दाबी छ। 

‘दुई वटामध्ये एउटाको प्रक्रिया ६ महिनाभित्रै टुङ्गीन्छ’, स्वास्थ्य राज्यमन्त्री रावतले भने, ‘आगामी वर्षदेखि सुर्खेतमा चिकित्सा शिक्षाको पठ–पाठन सुरु हुन्छ।’ 

अबको ६ महिनाभित्र मेडिकल कलेज स्थापनाको सबै प्रक्रिया टुङ्गीने र नयाँ शैक्षिक सत्रदेखि पठन–पाठन सुरु हुने रावतको दावी छ। जबकी पूर्वाधार निर्माणमा कति समय लाग्ने हो भन्ने कुनै टुंगो छैन। 

सुर्खेतमा एउटा मेडिकल कलेज स्थापनाका लागि शिक्षा मन्त्रालयसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको स्वास्थ्य राज्यमन्त्री रावतले बताए।
 

प्रकाशित: Jan 22, 2021| 04:55 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।