बिहीबार, वैशाख १३, २०८१

दाहाललाई ओलीको कटाक्ष– बाउ होस् त त्यस्तो !

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालले जनयुद्धमा होमिएका योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालले जनयुद्धमा होमिएका योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन्। 

triton college

प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने,  ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन्, ज्वाइँ छन्, हेर्नै पर्‍यो। छोरीलाई मेयर बनाउनैपर्‍यो, मतले नपुगे मतपत्र च्यात्नैपर्‍यो। ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो। बाउ होस् त तेस्तो, ससुरा होस् त त्यस्तो।’

ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै आफू निःसन्तान हुनुमा हर्ष वा विस्मात् रहेको टिप्पणी गरे। प्रचण्डले जनताका छोराछोरीलाई युद्धमा हिँडाएर आफ्नालाई चाहिँ विदेशमा पठ्न पठाएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइँ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो, लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हन् ?’
 

प्रकाशित: Jan 21, 2021| 09:36 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।