शुक्रबार, वैशाख १४, २०८१

कंक्रिटले ढाक्यो कमलपोखरी

 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

चिराचिरा परेको जमिन, वरिपरि बन्दै गरेका कंक्रिटका पर्खाल। असरल्ल छन् रड, ढुंगा र सिमेन्ट। 

triton college

यो दृश्य काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक कमलपोखरीको हो। जहाँ पछिल्लो ७ महिना यता धमाधम पुनः निर्माण कार्य भइरहेको छ। 

महानगरले ६ करोड ३६ लाख रुपैयाँमा असारमा ठेक्का लगाएको थियो। पुनःनिर्माण मंसिरमा सक्ने भनिएको थियो।

मंसिरमा काम नसकिएपछि ठेकेदार कम्पनी जय धनञ्जय कँडेल जेभीलाई महानगरले चैतसम्मको म्याद दिएको छ। तर, यो चैतमा पनि सकिने संकेत छैन। अहिलेसम्म ४५ प्रतिशत मात्रै काम भएको छ। 

काम कति भयो भन्ने भन्दा कसरी भइरहेको छ भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ। 

corrent noodles
Metro Mart

डिजाइन विपरीत ऐतिहासिक महत्त्वको पोखरीमा कंक्रिटका सामग्री प्रयोग गरिएकोमा स्थानीयले विरोध गरेका छन्। 

उनीहरुले सिमेन्ट र रडबाट बनेको कमल हामीलाई चाहिँदैन भन्दै पोखरीभित्रै पसेर प्रदर्शनसमेत गरेका थिए। जहाँ पानी सुकाइएपछि मरेका माछासमेत देख्न सकिन्थ्यो। 

भूकम्पले क्षति पुर्‍याएको करिब ५ वर्षपछि महानगरले ‘हाम्रोे काठमाडौं आफैं बनाऔं’ नाराका साथ गत असारमा कमलपोखरी पुनर्निर्माण थालेको थियो। 

महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले पुनर्निर्माणको शिलान्यास गरेका थिए। 

सम्पदा पुनर्निर्माणमा कंक्रिटको प्रयोग गरेपछि स्थानीय र सम्पदा संरक्षण अभिायन्ताले गत शुक्रबार विरोध कार्यक्रम गरेका थिए। 
उक्त विरोध हाल केही काम रोकिएको छ भने केही काम अझै चलिरहेको छ। 

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदामा सिमेन्ट र रड प्रयोग गर्न पाइँदैन। यसको पुनर्निर्माण गर्दा ऐतिहासिकता नमासिने गरी गर्नुपर्छ। 
त्यसविपरीत काम भएको भन्दै पुरातत्त्वविद्हरुले समेत विरोध गर्दै आएका छन्। कमलपोखरी पुनर्निर्माण गर्दा मौलिकतालाई ख्याल नगरिएको र ऐतिहासिकता मास्ने प्रयास भएको टिप्पणी गरेका छन्। 

२३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीको पुनर्निर्माणका लागि जस्तो डिजाइन तयार गरिएको थियो। त्यसविपरीत पुनर्निर्माण अघि बढाइएको भन्दै अभियन्ता तथा स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन्। 

ऐतिहासिक र पुरातात्त्विक महत्त्व राख्ने पोखरीलाई सोहीअनुरुप संरक्षण गर्नुपर्ने उनीहरुको भनाइ छ। 

अभियन्ता तथा स्थानीयले यस्तो बताइरहँदा काठमाडौं महानगर वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ भने यो ऐतिहासिक पोखरी नभएको दाबी गर्छन्। 

नक्साल क्षेत्रका सर्वसाधारणको शौचालयमा परिणत यो पोखरीलाई ऐतिहासिक पुरातात्त्विक भन्दै अभियन्ता उफ्रिनुको कुनै अर्थ नरहेको दाबी गर्छन्। 

अहिले जुन रुपमा पुनर्निमाण गर्न लागिएको छ यो नै ठूलो उपलब्धि भएको उनको भनाइ छ । 

पुरातत्त्व विभागले भने यो ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा भएकाले आफूहरुलाई नसोधी पुनर्निर्माण गरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ। यसमा गम्भीर लापरबाही भएको भन्दै रोक्न निर्देशन दिने तयारी गरेको छ।  

प्रकाशित: Jan 20, 2021| 11:16 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।