शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न आयोगको आग्रह

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गर्न सरकारसँग माग गरेको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानहरूको बक्यौता रकम शीघ्र भुक्तानी गर्न सरकारसँग माग गरेको छ।

triton college

विरोध प्रदर्शनको क्रममा काठमाडौंमा गत पुस १४ गते मृत्यु भएका नारायण राय यादवको परिवारले पनि भुक्तानी नपाएको अनुगमनबाट जानकारी भएको आयोगले जनाएको छ।

आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेसका उखु किसानहरूको श्रम तथा सम्पत्तिको अधिकार, निजहरूले लामो समयदेखि गरिरहेको माग तथा संघर्षका कार्यक्रमलाई नजिकबाट अनुगमन गरिरहेको छ।’ 

सरकार र उखु किसान संघर्ष समितिबीच पुस १३ गते भएको सम्झौतामा २१ दिनभित्र भुक्तानी दिने भनिए पनि किसानहरुले आंशिक रकम मात्र पाएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगले सम्झौता कार्यान्वयन अवस्थाबारे धनुषा, सर्लाही, महोत्तरी जिल्लाको स्थलगत अनुगमन गरेको थियो। 

corrent noodles
Metro Mart

आयोगले भनेको छ, ‘मृतक नारायण राय यादवको परिवार तथा अन्य किसानले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा त्यसरी बक्यौता रकम उपलब्ध नगराउने उद्योगीलाई कानुनी कारबहीको दायरामा ल्याउन सरकारको पुनः ध्यानाकर्षण गराउँछौं। 

प्रकाशित: Jan 20, 2021| 08:48 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।