काठमाडौं– नेपालमा गत वर्ष भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ ।
आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषदले बताएको छ।
१३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि विघटन गर्ने निर्णय गरिएको हो ।
२६ खेल समावेश १३ औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म भएको थियो ।
ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी २ सय ७ पदक जितेको थियो