काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन्।
‘राष्ट्रियता र प्रजातन्त्रका पक्षमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भनेका छन्।
राजसंस्था र हिन्दु राष्ट्रको माग देशभर फैलिएको उनको भनाइ छ। ‘यस अर्थमा आमजनता र युवा पुस्ताको अग्रसरता सराहनीय छ,’ उनले ट्विट गरेका छन्।
दलीय भूमिकाभन्दा माथि रहने, निष्पक्ष राष्ट्रप्रमुख आवश्यक रहेको अध्यक्ष राणाको भनाइ छ। उनले राजसंस्था पुनःस्थापनाको पक्षमा उनले वकालत गर्दै आएका छन्।