बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा सडक दुर्घटना घटाउन टिपरलाई टाइम कार्ड र डमी ट्राफिक

लुम्बिनीमा सडक दुर्घटना घटाउन टिपरलाई टाइम कार्ड र डमी ट्राफिक

कोरोना महामारीका कारण सडकमा सवारीसाधन कम गुडे पनि लुम्बिनी प्रदेशमा भने सवारी दुर्घटनामा कमी आएन।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

बुटवल– कोरोना महामारीका कारण सडकमा सवारीसाधन कम गुडे पनि लुम्बिनी प्रदेशमा भने सवारी दुर्घटनामा कमी आएन। सडक खाली हुँदा चालकले सवारीको गति तीव्र बनाउँदा दुर्घटना र क्षतिमा कमी नआएको ट्राफिक प्रहरीको भनाइ छ। 

triton college

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार साउनदेखि पुससम्म १२ जिल्लामा सवारी दुर्घटनामा परी २५६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १९५ जना पुरुष, ४१ महिला र २० जना बालबालिका छन्।

गत वर्षको तुलनामा भने दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएको छ। गत वर्ष साउनदेखि पुससम्ममा २७६ जनाको मृत्यु भएको थियो। तर, दुर्घटना र घाइतेको संख्या भने गत वर्षभन्दा वृद्धि भएको छ। अघिल्लो वर्ष ८८९ जना घाइते भएकोमा यो वर्ष भने ९२४ जना घाइते भएका छन्। 

प्रदेश ट्राफिक प्रहरीका अनुसार साउनदेखि पुस मसान्तसम्म ६३७ सवारी दुर्घटनामा ९०१ वटा सवारीसाधन संलग्न छन्। अघिल्लो वर्षको सोही अवधिमा ५६६ सवारी दुर्घटनामा ७७३ सवारीसाधन संलग्न रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए। 

दुर्घटनाबाट मानवीय क्षतिमा केही कमी आए पनि दुर्घटना संख्यामा भने करिब १३ प्रतिशतले वृद्धि भएको उनले बताए। ‘सडक खाली हुँदा चालकले तीव्र गतिमा सवारी हाँक्ने भएकोले दुर्घटना बढी भएको हो,’ उनले भने।

corrent noodles
Metro Mart

लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, कपिलवस्तु र नवलपरासीमा सवारी दुर्घटनाबाट बढी क्षति धेरै हुने गरेको छ। साउनदेखि पुस मसान्तसम्ममा रुपन्देहीमा ७१ जना, दाङमा ३९ जना, बाँकेमा ३७ जना, कपिलवस्तुमा २९ जना, नवलपरासीमा १८ जनाको मृत्यु भएको छ। 

यसैगरी बर्दियामा १७, गुल्मीमा १४, पाल्पामा ११, अर्घाखाँचीमा ३, प्यूठानमा १२, रोल्पामा ४ र पूर्वी रुकुममा १ जनाको मृत्यु भएको तथ्यांक छ।

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको मुख्य कारकका रुपमा तीव्र गति र चालकको लापरवाही देखिएको छ।  प्रदेशमा गत वर्ष १ हजार १२२ वटा सवारी दुर्घटना भएकोमा ५७८ वटा तीव्र गति र ३८८ वटा चालकको लापरवाहीले भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

यात्रुको लापरवाही, ओभरटेक, सडकको अवस्था र मादक पदार्थ सेवन पनि दुर्घटनाको कारण रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। उनका अनुसार चालक जिम्मेवार हुने हो भने दुर्घटनामा झन्डै ५० प्रतिशत कमी आउँछ। तीव्र गतिमा हुइँकिएको अवस्थामा सवारीसाधन कन्ट्रोल गर्न नसकेकै कारण बढी मात्रामा दुर्घटना निम्तिएको उनले बताए। 

टिपरलाई टाइम कार्ड, सहरमा डमी ट्राफिक  

सवारी दुर्घटना न्यूनीकरणका लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ठूला सवारीलाई टाइम कार्ड लागू गर्नेदेखि लिएर डमी ट्राफिक, लेन प्रयोगबारे प्रशिक्षण र विभिन्न जनचेतामूलक अभियान चलाएको छ। प्रदेशको अस्थायी मुकाम बुटवलमा टिपरका कारण सवारी दुर्घटना हुने गरेको ठहर गर्दै समयतालिका (टाइम कार्ड) लागू गरिएको छ।

मुख्य राजमार्गमा तीव्र गतिमा टिपर हिँडेकाले त्यसको गति कम गर्न पाल्पाको दोभान–बुटवल धागा कारखाना, बुटवल–बर्दघाट, दोभान–भैरहवासम्मका लागि टाइम कार्ड लागू गरिएको प्रहरी उपरीक्षक विकले बताए। 

उनका अनुसार पाल्पा दोभानदेखि बुटवल धागो कारखानासम्मको ११ किमि सडकका लागि ३३ मिनेट समय तोकिएको छ। यसैगरी बुटवल धागो कारखानादेखि नवलपरासीको सुनवलसम्मको २३ किमि सडकका लागि ४६ मिनेट र पाल्पा दोभानदेखि भैरहवा अञ्चलपुरसम्मको २८ किमि सडकका लागि ५६ मिनेटको समय तोकिएको छ। 

तोकिएको भन्दा छिटो आवतजावत गरेमा कारवाही गरिने प्रहरी उपरीक्षक विकले बताए। यी क्षेत्रमा दैनिक ८ सयदेखि १ हजारसम्म टिपर ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीको अनुमान छ। ट्राफिकले बुटवल–भैरहवा ६ लेन सडकका प्रयोगकर्तालाई प्रशिक्षणसमेत दिने गरेको छ।

जनशक्ति अभावका कारण सहरी क्षेत्रमा डमी ट्राफिक पनि राखिएको छ। बुटवल, भैरहवा र कपिलवस्तु बजारका मुख्य चोकमा १० वटा डमी ट्राफिक प्रहरी राखिएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। त्यसैगरी लामो दूरीका सार्वजनिक बसमा दुईजना चालक भए–नभएको जाँचका लागि नवलपरासीको भुमही बजार तथा बाँकेको चप्परगौडीमा ट्राफिक प्रहरी खटाइएको छ। 

यातायात व्यवसायीहरुसँगको समन्वयमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनमा यात्रु भाडादर टाँस गरिएको प्रदेश ट्राफिकले जनाएको छ। चालकलाई ट्राफिक संकेतको जानकारी, चालकसँग कुराकानी र सवारी दुर्घटना हुनुको कारणलगायत वबषयमा प्रश्नावली तयार गरी चालकहरुसँग जवाफ लिनेसमेत गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए।

प्रकाशित: Jan 18, 2021| 10:29 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।