बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको क्षमता विकास कार्यक्रम गर्ने

विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको क्षमता विकास कार्यक्रम गर्ने

विराटनगर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

विराटनगर- विराटनगर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

triton college

महानगरले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गरी जीवन उपयोगी सीप दिने कार्यक्रम अघि बढाएको प्रमुख भीम पराजुली बताएका छन्। उनले महानगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्ति जन्मनै नदिनका लागि पनि कार्यक्रम शुरु गरिएको बताए। करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्ति जन्मनै नदिनका लागि कार्यक्रम शुरु गरिएको उनको भनाइ छ। यसका लागि स्वास्थ्यकर्मीका लागि ४५ दिने तालिम शुरु गरेको उनले बताए।

१० किसिमका अपाङ्गता भएका व्यक्तिहरुका लागि विराटनगरमा आयोजित प्रदेश १ स्तरीय क्षमता विकास कार्यक्रममा आइतबार उनले अपाङ्गता भएका व्यक्तिको शिक्षा र क्षमताको विकासका लागि आवासीय विद्यालय निर्माण गरी समावेशी शिक्षा शुरु गर्ने गरी काम भइरहेकोे बताए। 

आवासीय विद्यालयमा अपाङ्गता भएका र नभएकाहरुलाई एकै ठाउँमा राखेर पठनपाठनका साथै जीवन उपयोगी सीप सिकाइने तयारी गरिएको उनको भनाइ छ। करुणा फाउण्डेसन र अमरज्योति ट्रष्टसँग सहकार्य गरेर कार्यक्रम अघि बढाइएको प्रमुख पराजुलीले बताए।  अपाङ्गता भएका व्यक्तिहरुको अनुसन्धानको कामका लागि छुट्टै भवन निर्माण गर्न महानगरले जग्गा उपलब्ध गराएको छ।

अपाङ्गता भएका व्यक्तिको सही तथ्याङ्क संकलन हुन नसक्दा राज्यबाट ठगिनुपरेको राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले बताए। २०६८ सालको जनगणनामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र समावेश गरेर तथ्याङ्क संकलन गरिएको उनको आरोप छ।

corrent noodles
Metro Mart

सही तथ्याङ्क संकलन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरु अधिकार पाउनबाट बञ्चित भएको शर्माले बताए। स्थानीय, प्रदेश सरकार, संघीय सरकारमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता हुन नसकेको उनको गुनासो छ। राष्ट्रिय जनगणना शुरु हुन लागेकाले तथ्याङ्क संकलनको समयमा ध्यान दिन अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरे। ‘ फेरि ध्यान दिइएन भने १० वर्ष पछुताउनुपर्छ।’ 

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले मानव शंसाधनको विकासमा लगानी गरे उपलब्धि हाँसिल गर्न सकिने बताए। 

प्रकाशित: Jan 17, 2021| 13:18 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।