शुक्रबार, वैशाख १४, २०८१

मलाई गिरिजाप्रसादले जस्तै लाठी खान मन छ : दाहाल

दाहाल–नेपाल समूहको नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई आन्दोलनको अग्रमोर्चामा रहेर लाठी खान मन लागेको बताएका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई आन्दोलनको अग्रमोर्चामा रहेर लाठी खान मन लागेको बताएका छन्।

triton college

राजधानीमा आयोजित अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘म अगाडि बढ्छु, तपाईंहरु पछाडिबाट मलाई साथ दिनुस्, मेरो टाउको चिलाएको हो कि के हो मलाई यसपटक लाठी खान मन छ।’ 

उनले ६२/६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइरालालाई प्रहरीले लाठी प्रहार गरेको स्मरण गर्दै आफू पनि टाउको फुटाउन तयार रहेको बताए। 

दाहालले सरकारविरुद्ध ९ गते हुने कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत हुन विद्यार्थीलाई अपिल गरे। उनले भने, ‘शाकाहारी आन्दोलनलाई केपी ओलीले गन्ने वाला छैनन्। अब आन्दोलन आक्रामक हुनुपर्‍यो, सिंह गर्जेजस्तो हुनुपर्‍यो, प्रतिक्रान्तिहरुको मुटु हल्लाउनुपर्‍यो।’

प्रकाशित: Jan 17, 2021| 10:46 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।