शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘प्रधानमन्त्री ओलीको कदम स‌ंसद् विघटन मात्रै होइन, संविधानकै विघटन हो’

‘प्रधानमन्त्री ओलीको कदम स‌ंसद् विघटन मात्रै होइन, संविधानकै विघटन हो’

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सन्तोष भण्डारीले प्रधानमन्त्रीले स‌ंसद्को विघटन मात्रै नभई संविधानकै विघटन गरेको बताएका छन्। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सन्तोष भण्डारीले प्रधानमन्त्रीले स‌ंसद्को विघटन मात्रै नभई संविधानकै विघटन गरेको बताएका छन्। 

triton college

संवैधानिक इजलासमा आज सुरु भएको सुनुवाइको सुरुआतमा बहस गर्दै उनले यस्तो जिकिर गरेका हुन्।

उनले प्रधानमन्त्रीलाई ससद् विघटन गर्न पाउने कुनै अधिकार नै नभएको बताए। केपी शर्मा ओली संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेको भन्दै भण्डारीले कुनै विशेषाधिकारसमेत नभएको बताए। 

जबर्जस्ती संविधानमा अधिकार रहेको भन्दै प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको कदम संवैधानिक नरहेको उनको भनाइ छ। 

उनले राष्ट्रपतिले पनि छलफल नै नगरेर तत्काल सिफारिस कार्यान्वयन गरेर सदर गरेको बताए। प्रधानमन्त्रीले जुन बेला लाग्यो त्यो बेला संसद् विघटन गर्न नपाउने भन्दै उनले नेपालको संविधान २०७२ मा त्यस्ताे कुनै व्यवस्था नभएको बताए। 

corrent noodles
Metro Mart

प्रतिनिधिसभा विघटन गरेर चुनावका नाममा देशलाई भड्खालोमा हाल्न खोजेको उनको भनाइ छ।

प्रकाशित: Jan 17, 2021| 06:43 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।