बिहीबार, वैशाख १३, २०८१

पेट्रोलियम पाइपलाइन लोथरसम्म ल्याउन अध्ययन

नेपाल आयल निगमले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाउने प्रक्रिया अघि बढाएको छ। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– नेपाल आयल निगमले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाउने प्रक्रिया अघि बढाएको छ। 

triton college

यसका लागि हालै इन्डियन आयल कर्पोरेसन (आईओसी)को टोली स्थलगत अध्ययन गरेर फर्किएको छ। 

नेपाल आयल निगम प्रदेश २ कार्यालय अमलेखगन्जका प्रमुख भरत रेग्मीले आईओसीको टोलीले पाइपलाइन विस्तार गर्दा हुन सक्ने क्षतिको अध्ययन गरेर फर्किएको जानकारी दिए। उनका अनुसार आईओसीको टोलीले लोथरमा निर्माण हुने इन्धन भण्डारण गृहको समेत अवलोकन गरेको थियो।

‘पाइपलाइन र भण्डारण गृह निर्माण गर्दा अन्य क्षेत्र कसरी जोगाउने भन्ने विषयमा अध्ययन गरिएको हो,’ रेग्मीले भने। उनका अनुसार लोथरमा निर्माण गर्ने भनिएको इन्धन भण्डारण गृह खोलाको छेउमा भएकाले खोला कसरी बचाउने भन्ने विषयमा आईओसीको टोलीले अवलोकन गरेको हो। 

पाइपलाइन विस्तार गर्दा वन कसरी जोगाउन सकिन्छ भन्ने विषयमा पनि आईओसीको टोलीले अध्ययन गरेको छ। उक्त टोलीले दुई हप्ताभित्र लागत अनुमानसहितको रिपोर्ट नेपाल आयल निगमलाई बुझाउने र त्यसपछि बाँकी काम अगाडि बढ्ने रेग्मीले जानकारी दिए। ‘विस्तृत रुपमा लागत अनुमानसहित १० देखि १५ दिनमा रिपोर्ट दिन्छौं भनेका छन्। त्यसपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

corrent noodles
Metro Mart

अमलेखगन्जदेखि चितवनको लोथरसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइनको लम्बाइ ६२ किलोमिटर हुनेछ। यसअघि भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइत ०७५ भदौदेखि सञ्चालनमा आइसकेको छ ।

६९ किलोमिटर लम्बाइ रहेको उक्त पाइपलाइनबाट हालसम्म डिजेलमात्रै आयात हुँदै आएको छ। पाइपलाइन सञ्चालनमा आएपछि निगमले ट्यांकरमार्फत् हुने ढुवानीमा कमी आएको र ढुवानी रकम जोगिएको जानकारी दिएको छ। पाइपलाइनबाट डिजेल आयात हुँदा गत आर्थिक वर्षमा मात्रै करिब २ अर्ब रुपैयाँ बचत भएको निगमको दाबी छ। 

प्रकाशित: Jan 17, 2021| 06:33 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्