शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई विश्वप्रकाशको आग्रह- सर्वोच्च अदालततिर फर्केर दबाबको भाषा नबोल्नुस्

ओलीलाई विश्वप्रकाशको आग्रह- सर्वोच्च अदालततिर फर्केर दबाबको भाषा नबोल्नुस्

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरेका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरेका छन्। संसद् विघटनविरुद्ध कांग्रेस मध्यपुर थिमी नगर कार्यसमितिले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै शर्माले ओलीले अदालतलाई धम्काउन नहुने बताएका हुन्। 

triton college

‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ। त्यसैले प्रधानमन्त्री जी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ उनले भने, ‘न्यायाधीश तपाईको पार्टीको पोलिटव्यूरो सदस्य होइनन्। तपाईको आदेश मान्ने राष्ट्रपति जस्तो पनि होइनन्। उहाँहरुले संविधान बुझ्नुभएको छ। तपाईको भाषणको स्कृप्ट पढेर होइन। संविधान हेरेर फैसला गर्नुहुन्छ।’ 

उनले सर्वोच्च अदालतको फैसला स्वीकार्न कांग्रेस तयार भएको बताए। तर आफ्ना कदमका विषयमा प्रधानमन्त्रीले जुहारी खेल्ने नहुने उनको भनाइ थियो। ‘यो बेला उहाँले सर्वोच्च अदालतको फैसला स्वीकार्न तयार छु भन्नुपर्ने हो। तर धम्कीको भाषा बोलिरहनुभएको छ,’ उनले भने, ‘अदालतले विघटन सदर गर्‍यो भने पनि र बदर गर्‍यो भने पनि कमरेड बालकोट जाने हो। कार्यकर्ताले स्वागतको तयारी गरे हुन्छ।’

उनले भारतीय टेलिभिजनको पत्रकारसँग कुरा गर्दैमा ओली राष्ट्रवादी हुन नसक्ने बताए। ‘भारतीय टिभीका पत्रकारसँग खरो कुरा गर्दैमा राष्ट्रवादी भइँदैन। भारतका प्रधानमन्त्रीसँग नक्सा अघि राखेर खरो कुरा गर्नुभएको भए हामी वाहवाही गर्ने थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले टिभीको पत्रकारलाई हप्काउनुहुन्छ अनि हामी तालि पड्काउँछौं। अनि हाम्रो शान सगरमाथामा अनुमति नदिई ती पत्रकार कसरी पुग्छन्। नाम फेर्ने अभियान चलाउनुपर्छ भन्छन्, त्यसलाई भुल्न पुग्छौं।’

उनले कोरोनाविरुद्धको खोप किन्न पैसा नहुने तर चुनाव गर्न हुने ? भन्दै प्रश्नसमेत गरे। ‘चुनाव गर्न पैसा हुने, खोप लगाउन चन्दा माग्नुपर्ने? हामीले संसद् विकास कोष खारेज गर, कोरोना कोषमा रकम बढाऊ भनेर आग्रह गर्दा नमान्ने खोपका लागि अपिल गर्ने,’ उनले भने, ‘यो तीन वर्षमा कम्युनिस्ट सरकार कस्तो भनेर जनताले चिनिसके।’

corrent noodles
Metro Mart

प्रकाशित: Jan 16, 2021| 10:45 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।