बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले भने- मलाई हँसाएर हिँड्यो भन्ने आरोप लगाएका छन् के म मान्छे मार्दै हिँडु त ?

प्रधानमन्त्री ओलीले भने- मलाई हँसाएर हिँड्यो भन्ने आरोप लगाएका छन् के म मान्छे मार्दै हिँडु त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सबैको अनुहारमा मुस्कान ल्याउन चाहेको बताएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सबैको अनुहारमा मुस्कान ल्याउन चाहेको बताएका छन्। 

triton college

काठमाडौंमा आज आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले आफूले देशलाई बर्बाद हुन नदिएको बताएका हुन्। 

‘मलाई हँसाएर हिँडेको भनेर आरोप लगाएका छन्,’ उनले भने, ‘के अब म मानिस मार्दै हिँडु त ? बिधुवा अनि बालबालिकालाई टुहुरा बनाएर हिँडुँ त?’

दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘तिमीहरूले रुवाउन खोजेका थियौ, मैले रुवाउन दिएन।’

ओली समूहका अध्यक्षसमेत रहेका उनले मुलुक अगाडि बढिसकेको र पछाडि नफर्कने बताए। 

corrent noodles
Metro Mart

‘अँध्यारो हुँदा पनि केपी ओली मुस्कुराइरहेको सोच्नु भएको होला,’ उनले भने, ‘उहाँहरू त देश बर्बाद पार्न नपाएर चिन्तामा हुनुहुन्छ।’

यस्तै उनले आगामी निर्वाचनबाट नै जनताले सही र गलतको फैसला गर्ने बताएका छन्। निर्वाचन नचाहनेहरू डराइरहेको उनको भनाइ छ।

‘अहिले निर्वाचनमा जाँदा देश संकटमा पर्‍यो भनिरहेका छन्,’ उनले भने, ‘यिनीहरूको योजना त सत्ता कब्जा गर्ने सोच रहेछ, अदालतले स्वतन्त्ररूपले फैसला गर्न पाउनुपर्छ।’

प्रकाशित: Jan 16, 2021| 10:03 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।