शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनताले भन्नेछन् घामले पोल्यो, अब रुखको छाहारीमा आउँछौँ : गगन थापा 

जनताले भन्नेछन् घामले पोल्यो, अब रुखको छाहारीमा आउँछौँ : गगन थापा 

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सडकमा रहे पनि आँखा सर्वोच्च अदालततर्फ रहेको बताएका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सडकमा रहे पनि आँखा सर्वोच्च अदालततर्फ रहेको बताएका छन्।

triton college

संसद् विघटनविरुद्ध ललितपुरको महांकाल कांग्रेस समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतलाई प्रभावित गर्ने र धम्काउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको धम्कीबाट अदालत डराउन नहुने बताए।

उनले अदालतको निर्णय मान्नेहरुले अहिले विवेक पुर्‍याएर निर्णय गर्नुपर्ने बताइरहेको तर प्रधानमन्त्री ओलीले धम्काउने काम गरिरहेको बताए। उनले अदालतलाई संविधानको धाराले जन्माएको भन्दै त्यही धारामा टेकेर अदालतले निर्णय गर्नुपर्ने बताए। 

‘प्रधानमन्त्रीको यो कदमलाई संवैधानिक भन्ने एउटै आधार छैन। संसद् विघटनको निर्णयलाई खारेज गरे हुन्छ,’ थापाले भने, ‘ढुक्क हुनुस्, संसद् आउँछ। संसद् आएपछि पनि निर्वाचनमा जाने नै हो।’

उनले नेकपाले पाएको जनमत टुक्रिइसकेको अवस्थामा नयाँ जनमतका लागि निर्वाचनमा जानुपर्ने बताए। तर, त्यसको बाटो के हुने भन्ने मूल विषय भएको उनको भनाइ छ। 

corrent noodles
Metro Mart

‘नेकपाको जनमत टुक्रिएको छ। नयाँ जनमतका लागि चुनावमा जानुपर्छ। तर संविधान जोगाएर जाने कि भत्काएर जाने भन्ने मूल विषय हो,’ उनले भने, ‘हामी संविधान जोगाएर निर्वाचनमा जान्छौं। त्यसका  लागि संघर्ष गरिरहेका छौं।’

उनले कांग्रेस हरदम, हरपल चुनावको तयारीमा रहेको बताए। ‘हामीले सँधै निर्वाचनको तयारीमा छौँ। त्यसका लागि तयार रहनुहोस्, टोलटोल जानुहोस्,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हामी संविधान जोगाउँछौं, निर्वाचनमा जान्छौं र सिंहदरबारमा बसेर हिजोका गल्ती नदोहोराई जनभावनाअनुसार काम गर्छौँ।’

उनले नेकपा फुटिसकेको भन्दै चुनाव चिह्न कसले पाउँछ भन्ने आफूहरुको सरोकारको विषय नभएको बताए। ‘नेकपा फुट्यो फुट्यो। अब चुनाव चिह्न कसले पाउँछ भन्ने हाम्रो सरोकारको विषय होइन। तर अब जनताले भन्नेछन् घामले धेरै पोल्यो, अब रुखको छहारीमा आउने हो,’ उनले भने।

प्रकाशित: Jan 16, 2021| 08:08 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।