काठमाडौं– गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपल्ट देखा परेको कोरोना भाइरस (कोभिड–१९) महामारी अझै साम्य भएको छैन। विश्वभर नै फैलिएको यो भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या अहिले पनि बढ्दो क्रममा नै छ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ।
सबैभन्दा बढी अमेरिकामा ३ लाख ९० हजारभन्दा बढीले ज्यान गुमाएका छन्। त्यसपछि दोस्रोमा ब्राजिलमा करिब २ लाखको मृत्यु भएको छ भने तेस्रो नम्बरमा रहेको भारतमा करिब डेढ लाखको मृत्यु भइसकेको छ।
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ करोड ३० लाख नाघेको छ।
यसैबीच, विभिन्न देशमा कोरोना विरुद्धको खोप लगाउने काम पनि भइरहेको छ।