शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतमा पाइपलाइन फुटाएर तेल चोरी हुँदा नेपाल आयल निगमको प्रष्टीकरण

भारतमा पाइपलाइन फुटाएर तेल चोरी हुँदा नेपाल आयल निगमको प्रष्टीकरण

नेपालमा डिजेल आयात गर्ने पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी भएको घटनाका सम्बन्धमा नेपाल आयल निगमले प्रष्टीकरण दिएको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– नेपालमा डिजेल आयात गर्ने पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी भएको घटनाका सम्बन्धमा नेपाल आयल निगमले प्रष्टीकरण दिएको छ। 

triton college

निगमले पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी भएको सम्बन्धमा शुक्रबार विज्ञप्ति निकालेरै नेपालतर्फ कुनै क्षति नभएको स्पष्ट पारेको हो। 

‘पाइपलाइन फुटाएर तेल चोरी भएको घटा नेपाल–भारत नाका  अन्तरदेशीय पाइपलाइनको मिटर रहेको स्थानबाट करिब १ सय किलोमिटर भारततर्फ रहेकोले घटनाबाट नेपाल आयल निगमलाई कुनै क्षति नभएको’ विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै निगमले हाल पेट्रोलियम पाइपलाइनमार्फत नियमित रुपमा तेल आयात भइरहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ। भारतको पटना नजिकै पाइपलाइन फुटाएर तेल चोरीको घटना भएको थियो। सो विषयमा निगमका पाइपलाइन प्रोजेक्ट म्यानेजर भरत रेग्मीले नेपालतर्फ कुनै क्षति नभएको र पाइपलाइनमार्फत नियमित आयात भइरहेको जानकारी दिएका थिए।
 

प्रकाशित: Jan 15, 2021| 11:35 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।