काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। संवैधानिक इजलासमा रिटको सुनुवाइ आइतबारदेखि निरन्तर हुने भएको हो।
रिट निवेदकहरूले संवैधानिक इजलासमा नभइ बृहतपूर्ण इजलासको माग गरेका थिए। तर अब सुनुवाइ संवैधानिक इजलासमै हुने निश्चित भएको छ।
अदालतले रिट संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकोले निवेदकले माग गरे बमोजिम हुन नसक्ने जनाएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।