काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले संविधानको पक्षमा र संसद् विघटनको निर्णयविरुद्ध अभूतपूर्व एकता देखिएको निष्कर्ष निकालेको छ। यो एकताको उपयोग गर्दै आन्दोलन चर्काउने नेकपाको तयारी छ।
पार्टी कार्यालय पेरिसडाँडामा आज शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि नेता रघुजी पन्तले संसद् विघटनविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय पार्टीले गरेको जानकारी दिए। पन्तले भने, ‘बैठकमा आन्दोलनको स्वरुपबारे छलफल भयो। कतिपय स्थायी कमिटी सदस्यले लिखित रुपमै पनि प्रस्ताव ल्याउनुभएको छ। संयुक्त नभए आफ्नै शक्तिअनुसार आन्दोलन चलाउने सुझाव पनि आएका छन्।’
बढीभन्दा बढी नागरिकलाई कसरी सहभागी गराउने भनेर विभिन्न मोडालिटीबारे छलफल भएको बताउँदै पन्तले संघर्ष समितिले छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने जानकारी दिए। ‘हाम्रो मूल ध्येय आन्दोलनबाटै संसद् पुनर्स्थापना गर्ने हो। सँगसँगै पार्टी संगठन विस्तार र शुद्धीकरण पनि हुँदै जान्छ। केही महिना आन्दोलनमै जान्छ अब हाम्रो,’ उनले भने।
पन्तका अनुसार बैठकमा सबै प्रदेशका इन्चार्जले आफ्नो क्षेत्रको स्थिति सुनाएका थिए। ‘पार्टीको सानो पंक्तिमात्र केपी ओलीतिर गएको र केही महिना मेहनत गरे पूर्ववत् अवस्थामै पार्टीलाई ल्याउन सकिन्छ भन्ने विवरण तथ्यांकसहित इन्चार्जहरुले प्रस्तुत गर्नुभएको छ। कसैलाई आश्वासन दिएर होइन, विचार र सिद्धान्तकै आधारमा पार्टी बलियो बनाउने हो,’ पन्तले भने।
यस्ता छन् बैठकका निर्णय