काठमाडौं– ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जुनियरतर्फ ब्याडमिन्टन विश्व वरीयताको तेस्रो नम्बरमा कब्जा जमाएका छन्।
यो उनको अहिलेसम्मकै ठूलो सफलता हो। ब्याडमिन्टन विश्व महासंघले आज (शुक्रबार) जारी गरेको नयाँ वरीयताअनुसार प्रिन्स जुनियरतर्फ विश्व वरीयताको तेस्रो स्थानमा परेका हुन्।
भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मूलरपछि छन् प्रिन्स। ब्याडमिन्टन जुनियरमा नेपालबाट तेस्रो वरीयतामा पर्ने प्रिन्स नै पहिलो खेलाडी हुन्।