काठमाडौं– प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबका कप्तान विनोद भण्डारीले पहिलो अर्धशतक प्रहार गरेका छन्।
गण्डकीविरुद्ध ब्याटिङमा आएका विनोदले ४७ बलमा ५० रन प्रहार गरेका हुन्। यसअघि आर्मीका लागि ओपनर हरिकृष्ण झा ४८ बलमा १४ रन बनाउँदै पेवेलियन फर्किए।
त्यस्तै राष्ट्रिय टिमका राजु रिजालले ४५ रन बनाउँदा रोहित पौडलले १० रनमै आउट भए।
अहिले आर्मीले ४२ ओभरमा १९३ रन बनाएको छ।