नुवाकोट- नुवाकोटको गोरु जुधाइ कार्यक्रममा ३ जना घाइते भएका छन्।
गोरु जुधाउने क्रममा भीरतिर गएपछि भागाभाग हुँदा तीनजना घाइते भएका हुन्।
तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा गोरु जुधाइ मेला सञ्चालन गरिएको थियो। पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको हो। तारकेश्वरमा भएको गोरु जुधाइमा गोरुले दर्शकहलाई किचेको हो।
तारुकामा मात्रै १४ हल गोरु जुधाइएको थियो। विदुर–१० बेत्रावतीमा ५ हल गोरु जुधाइएको थियो।
यस्तै पञ्चकन्या–३ घलेगाउँमा पनि हल गोरु जुधाइएको थियो भने शिवपुरी गाउँपालिका–५, शेराबगरमा ३ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्।
माघेसंक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए।
गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखिरुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको हो।