बिहीबार, वैशाख १३, २०८१

सिरहामा फेरि नौ लाखसहित दुई जना पक्राउ   

रियारपट्टी गाउँपालिका–२ खोक्सी बस्ने ४० वर्षीय मोहमद सगिर मियाँ र पछाडि बसेका स्थानीय २४ वर्षीय मेहदी मन्सुर मियाँलाई पक्राउ गरिएको छ। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

सिरहा– हुन्डी कारोबार गर्ने व्यापारीमाथि प्रहरीले निगरानी बढाएपछि सिरहामा स्रोत नखुलेको रकमसहित मानिस पक्रने क्रम बढेको छ।

triton college

स्रोत नखुलेको ३१ लाख ८९ हजार रकमसहित एक युवक पक्राउ परेको एक साता नबित्दै स्रोत नखुलेको रकमसहित थप दुई जना पक्राउ परेका छन्। 

सिरहा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई युवकलाई बुधबार नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले भारतबाट आउँदै गरेको स८प ९६१४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बरियारपट्टी गाउँपालिका–२ खोक्सी बस्ने ४० वर्षीय मोहमद सगिर मियाँ र पछाडि बसेका स्थानीय २४ वर्षीय मेहदी मन्सुर मियाँलाई पक्राउ गरिएको छ। 

उनीहरुका साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ नौ लाख ३९ हजार ९१५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

corrent noodles
Metro Mart

पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइनेछ। 

दुई दिनअघि मात्रै सिरहा प्रहरीले करिब ३२ लाख स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको थियो।

सिरहा नगरपालिका २१ लगडीगोठबाट खटिएको प्रहरीले जाँचका क्रममा हकपाडाका ३९ वर्षीय विश्वनाथ यादवलाई स्रोत नखुलेको ३१ लाख ८९ हजार हजार दरको नोटसहित नियन्त्रणमा लिएको थियो।

कपडाको झोलामा बोकेर ल्याइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले भारतीय बजारबाट नेपाली बैंकमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान छ।

सीमा क्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैयाँ नेपाली नागरिकका नाममा यतै विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोली एटीएमका माध्यमबाट भारतमा भारु रकम झिकेर सटही काउन्टका नाममा जम्मा गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका बताएको छ। 

प्रकाशित: Jan 14, 2021| 07:44 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।