बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पाँच महिनामा ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, मंसिरमा ७९ अर्ब भित्रियो

पाँच महिनामा ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, मंसिरमा ७९ अर्ब भित्रियो

चालू आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा  १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- चालू आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा  १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

triton college

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह ०.२ प्रतिशतले घटेको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिर महिनामा मात्र विदेशबाट नेपालमा ७९ अर्ब ९ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।

कार्तिक महिनासम्ममा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ आप्रवाह भएको थियो। 

चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो। 

corrent noodles
Metro Mart

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पाँच महिनामा ६९.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Jan 13, 2021| 11:06 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्