शनिबार, वैशाख ८, २०८१

खैरो हेरोइनसहित तीनजना पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरका तीनजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

कञ्चनपुर– प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरका तीनजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

triton college

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआईटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका-१८ बाट एक र बेदकोट नगरपालिका-९ बाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

बैतडी दशरथ नगरपालिका-४ घर भई हाल भीमदत्त नगरपालिका-१८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको छ।

यसैगरी बेदकोट नगरपालिका-९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका ३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मंगलबारै पक्राउ गरेको छ।

corrent noodles
Metro Mart

तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र ८२ हजार जरिवाना सजाय तोकेको थियो। अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार थिए। घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: Jan 13, 2021| 01:46 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।